मरिणमा मगर दिवसको अवसरमा स्थानिय बिदा
सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले भोलि शुक्रबार स्थानिय बिदा दिने भएको छ ।पालिकाले आज बिहिबार एक सुचना प्रकशन गर्दै भोलि अर्थात राष्ट्रिय मगर दिवसको अवसरमा स्थानिय बिदा दिने भएको हो ।
भोलि कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, विद्यालय तथा अन्य शैक्षिक संस्थाहरु एवम् सार्वजनिक संघ–संस्थाहरुमा स्थानिय बिदा हुने पालिकाले प्रकाशन गरेको उक्त सुचनामा प्रकाशन गरीएको छ ।
साथै मरिण गाउँपालिकाले राष्ट्रिय मगर दिवसको अवसरमा गाउँपालिकावासी, स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण मगर समुदायहरुमा सुचना मार्फतनै शुभकामना व्यक्त गरेको छ ।
प्रतिक्रिया

