सिन्धुलीको दुवै निर्वाचन क्षेत्र नेपाली कम्युनिष्ट पार्टीले जित्छ ः संयोजक श्रेष्ठ

सिन्धुली/यहि फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुवै निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले जित्ने नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला निर्वाचन परिचाल समितिका संयोजक गंगानारायण श्रेष्ठले बताउनुभएको छ।

आज(बुधवार ) कमलामाई नगरपालिका ५ सिलामेमा भएको चुनावि सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले अहिले नेपाली कम्युनिष्ट पार्टी प्रति जनविश्वास बढेकोले सिन्धुलीको दुवै निर्वाचन क्षेत्रमा निर्वाचन जितिने विश्वास व्यक्त गर्नुभयो। जेनजी आन्दोलन पछि अहिलेको संविधानको रक्षा र जेनजीको माग सम्बोधनका लागि संविधान संसोधन गरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, सुशासन र समृद्धि नेपाली कम्युनिष्ट पार्टीको प्रमुख एजेण्डा भएको श्रेष्ठको भनाइ छ।

अहिलको परिस्थितिमा सबैको विश्वासको केन्द्र नेपाली कम्युनिष्ट पार्टी नै रहेको श्रेष्ठले दाबी गर्नुभयो। यस निर्वाचनबाट नेपाली कम्युनिष्ट पार्टीप्रती अझै जनबिश्वाश थपिने वहाँको कथन छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *