गम्भिर घाइते भएका वाईबालाई थप उपचारको लागी हेलिकप्टरद्धारा ह्याम्स अस्पताल पठाइयो
सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा बोलेरोको ठक्करबाट एक पैदलयात्री गम्भिर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार घाइते हुनेमा मरिण १ कपिलाकोटकी ६१ ६२ बर्षीया चण्डी माया वाईबा रहेका छन् ।
उहाँको अनुसार मरिण गाउँपालिका ७ क्याम्पसचोमा हेटौडाबाट सिन्धुली तर्फ आउँदै गरेको लु प्र ०१०० च ३८८१ नम्बरको बोलेरोले ठक्कर दिँदा पैदलयात्री चण्डी माया वाईबा घाइते हुनुभएको हो ।उहाँको टाउँकोमा गम्भिर चोट लागेको छ ।
घाईते भए पश्चात उनलाई प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा सामान्य उपचार गरीएको थियो भने थप उपचारका लागी दिउँसो १.४५ बजेको समयमा जिल्ला अस्पताल सिन्धुली ल्याईएको थियो । हाल उनको अवस्था गम्भिर भएकाले थप उपचारका लागी हेलिकप्टरद्धारा काठमाडौको ह्याम्स अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय कपिलाकोटले चालक कञ्चनपुरको बेतकोड नगरपालिका १० बस्ने ३६ बर्षीय अमर दत्त पन्तलाई नियन्त्रण्मा लिएको छ ।

