हरिहरपुगढीमा जस्ता हाल्ने क्रममा लड्दा एक युवा घाइते

सिन्धुली/सिन्धुलीमा घरमा जस्ता हाल्ने क्रममा लडी एक युवा घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार घाइते हुनेमा हरिहरपुगढी ३ बनौलीका २१ वर्षीय ओम बहादुर रानामगर रहेका छन् ।

सुवेदीको अनुसार रानामगरको आज आइतबार ३ः३० बजेको समयमा हरिहरपुगढी गाउँपालिका ४ बसीनाखोला घर भएका हिस्न थापा मगरको घरमा जस्ता हाल्ने क्रममा लड्दा घाइते भएका हुन । मगर घरको धुरीबाट १५ मिटर तल खसेका थिए भने घाइते भएका मगरको टाउको र छातीमा चोट लागेको छ ।

प्रहरीको अनुसार हाल उनको अवस्था मध्यम रहेको छ भने प्राथामिक स्वाथ्य केन्द्र महेन्द्रझ्याडीमा उपचार भईरहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *