सुनकोशीमा एक पुरुषको बेवारिसे शव फेला

सिन्धुली /सुनकोशी नदी किनारामा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्ष सूर्य प्रकाश सुवेदीको अनुसार गोलन्जोर गाउँपालिका वडा नम्वर.६ देउरालीटार स्थित सुनकोशी नदी किनारामा करिब ४०–४५ वर्षका एक पुरुषको बेवारिसे शव फेला परेको हो ।

उहाँको अनुसार उक्त पुरुषको शव नदी किनारामा पानीमा तैरिरहेको अवस्थामा फेला परेको थियो ।सो घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्ष सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *