लागु औषध सहित एकजना नियन्त्रणमा
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान स्थित चेकपोष्टमा चेकजाँच गर्ने क्रममा लागु औषध सहित प्रहरीेले एकजनालाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्ष सूर्य प्रकाश सुवेदीको अनुसार जनकपुर बाट काठमान्डौ तर्फ जादै गरेको ईभी हाईसको ५ नं. सिटमा सवार महोत्तरीको मठियानी नगरपालिका ८ का ४५÷४८ वर्षीय दिप नारायण साहको साथबाट लागु औषध बरामद गरिएको हो ।
उहाँको अनुसार साहको साथमा रहेको पछाडी बोक्ने कालो रङको झोला भित्र कालो प्लास्टिकमा पहेलो टेपले बेरिएको ३ वटा पोको फेला पारिएको थियो ।
सुवेदीको अनुसार शंकास्पद रुपमा लुकाई छिपाई ल्याएको उक्त पोको प्रहरीले चेकजाँच गर्दा ३०० पिस Buprenorphien injection, ३०० पिस Diazepam injection र ३०० पिस Promethazine injection गरि जम्मा ९०० पिस injection बरामद गरिएको डिएसपी सूवेदीले बताउनुभयो ।
हाल बरामद गरिएको लागु औषध सहित साहलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेका प्रहरी जनकारी दिएको छ ।

