तीनपाटनको जनता प्राविमा स्टेशनरी व्यवसायी महासंघद्धारा शैक्षिक सामाग्री वितरण

सिन्धुली/१३ औँ पुस्तक दिवस तथा श्रीपञ्चमीको अवसर पारेर नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ शाखा सिन्धुलीले श्री जनता प्राविमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

तीनपाटन गाउँपालिका वडा नम्वर ३, जोगेमा रहेको श्री जनता प्राविका विद्यार्थीहरुलाई स्टेशनरी व्यवसायी महासंघ शाखा सिन्धुलीले शैक्षिक सामाग्री वितरण गरेको हो । संघको जिल्ला शाखामा आवद्ध फर्म तथा सप्लायर्सहरुबाट संकलन गरिएको शैक्षिक सामाग्री शुक्रबार सरस्वती पूजा तथा बसन्त पञ्चमीको अवसर पारेर एक औपचारिक कार्यक्रमकावीच वितरण गरिएको सँस्थाले जनाएको छ ।

संघले हरेक वर्ष पुस्तक दिवसको अवसर पारेर सरस्वती पुजाको दिन कुनै एउटा विद्यालयमा शैक्षिक सामाग्री उपलव्ध गराउँदै आएको छ । स्टेनशरी व्यवसायी महासंघ शाखा सिन्धुलीका अध्यक्ष किरण श्रेष्ठका अनुसार खासगरि अभिभावकको आयश्रोत न्युन भएको, विपन्न समुदाय तथा शैक्षिक सामाग्री खरिद गरि प्रयोग गर्न समस्या भएका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा संघले शैक्षिक सामाग्री उपलव्ध गराउँदै आएको छ । यसैक्रममा यसपटक तीनपाटन गाउँपालिकाको श्री जनता प्राविमा सामाग्री उपलव्ध गराइएको छ ।

जिल्ला शाखा सिन्धुलीका अध्यक्ष किरण कुमार श्रेष्ठको अध्यक्षता तथा तीनपाटन गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष लाल बहादुर स्याङ्तानको प्रमुख आतिथ्यतामा शैक्षिक सामाग्री वितरण कार्यक्रम गरिएको हो । कपि, डटपेन, पेन्सिल लगायतका अन्य शैक्षिक सामाग्री बालबालिकाहरुलाई उपलव्ध गराइएको आयोजकले जानकारी दिएको छ । कसैले पनि सहयोगको प्राथमिकतामा नराखेको अवस्थामा स्टेशनरी व्यवसायी महासंघ सिन्धुलीले विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री उपलव्ध गराएको भन्दै विद्यालयले धन्यवाद दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *