सुरुभयो सिन्धुली महोत्सव–२०८२, महोत्सव सन्चालन गर्दा नाफा घाटा मात्र हेर्नुहुँदैन ः श्रेष्ठ
सिन्धुली/ “सिन्धुली महोत्सव २०८२ को पहिचान, समुन्नत र सम्वृद्ध सिन्धुली हाम्रो पहिचान” भन्ने मुल नाराको साथ आज सिन्धुली महोत्सव २०८२ को एक विषेश समारोह बिच उद्धघाटन गरिएको छ ।महोत्सवको आज शक्रबार नेपाल उध्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पानसमा बत्ति बालेर उद्धघाटन गर्नुभएको हो ।
सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन हुने यस महोत्सवमा मनोरञ्जनलाई मात्रै नभई स्थानीय कृषक, व्यापारी र उद्यमीहरुलाई बजारसंग जोड्ने साझा अभियान लिएको छ । महोत्सव आज देखि १९ गते सम्म अर्थात ११ दिन सम्म सिन्धुलीको कमलामाई ६ खुल्लामञ्चमा सञ्चालन हुने छ ।
महोत्सवको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै उध्योग बाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महोत्सव सञ्चालन गर्दा नाफा घाटा मात्रै नहेरी स्थानीय स्तरको आर्थिक उन्नती र जिल्लालाई समुन्नतको बाटो तर्फ डोर्याउन अझ धेरै भूमिका खेल्ने बताउनुभएको छ । साथै उहाँले मेला–महोत्सव आयोजना गर्ने जिम्मेवारी उद्योग वाणिज्य संघको नै भएको उल्लेख गर्दै अन्य क्लब तथा संस्थाले महोत्सव आयोजना गर्नु उपयुक्त नभएको बताउनुभयो। अन्य सँस्था या क्लबले आयोजना गर्नका लागि छुट्टै नीति नियमहरु बनाउनुपर्ने वहाँको भनाई छ ।श्रेष्ठले राज्यको अर्थतन्त्रलाई बलियो बनाउन देशका विभिन्न पक्षसंग सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघ सदैव तत्पर रहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले यस पटकको महोत्सवले मनोरञ्जनलाई मात्र नभई स्थानीय कृषक, व्यापारी र उद्यमीहरुलाई बजारसंग जोड्ने साझा अभियान लिएको जानकारी गराउनुभयो । सातौं महोत्सवबाट संकलन भएको रकमबाट खर्च कटाइ बाँकी रहेको रकममार्फत विपन्न नागरिक उपचार कोषको स्थापना गरिने श्रेष्ठको भनाई छ।
महोत्सवको आज पहिलो दिनको अवसरमा ¥याली प्रदर्शन गर्दै विभिन्न जातजाति भेषभुषा तथा साँस्कृतिक झल्काउने झाँकी प्रदर्शन, पञ्चेबाजा, खैजडी भजन लगायतका कार्यक्रमहरुलाई पनि समावेश गरिएको थियो । महोत्सवमा नगर मातहतका मात्रै नभई टाढाबाट आउने अवलोकनकर्ता तथा दर्शकहरुको गुनासोलाई मध्यनजर गर्दै दिउँसो १ बजे देखि साँझ ७ बजे सम्म सञ्चालन गरिने छ । महोत्सवमा प्रवेश गर्न ६० रुपौयाँ टिकट लाग्ने छ भने विद्यार्थीहरु तथा एकल महिलाहरुको हकमा परिचय पत्र साथमा ल्याएमा ४० रुपैयाँ मात्रै लाग्ने छ ।
महोत्सव अवधिभर आकर्षणको रुपमा खुल्ला नृत्य प्रतियोगिता, खैजडी भजन प्रतियोगिता, मम्मी आइडल डान्स प्रतियोगिता, रत्यौली प्रतियोगिता सञ्चालन हुने छ । साथै यस महोत्सवको विशेष आकर्षणको रुपमा जलपरि समेत रहने आयोजकले जानकारी गराएका छन् । महोत्सव अवधिभर स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने छ । महोत्सवमा पाष्टिकजन्य साम्रगीलाई पुर्णरुपमा ब्यान्ड गरि सालका दुना टपरी प्रयोग गरिने छ ।
लोपोन्मुख भएका परालका गुन्द्रि, मकैका खोस्टाको चकटी लगायतका रैथाने सामग्रीहरु समेत महोत्सवस्थलमा नै निमार्ण गरिने छ ।

