धरहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभामा विभिन्न व्यक्तिलाई सम्मान
सिन्धुली/सिन्धुली धरहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज शनिबार एक बिशेष समारोह बिच उक्त संस्थाले कमलामाई नगरपालिका ८ माईस्थानमा आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
अवसर पारेर संस्थाले सदस्यहरुलाई विभिन्न विधाहरुमा उत्कृष्ट घोषणा गरि सम्मान समेत गरेको छ । संस्थाले बाल बचत तर्फ ससि मुक्तान, जेष्ठ नागरिक तर्फ बाल नन्द बराल, असल ऋणी तर्फ एलिना श्रेष्ठ, असल बचत कर्ता तर्फ विष्णु श्रेष्ठलाई सम्मान गरेको छ । साथै सोहि कार्यक्रमको अवसरमा कर्मचारीहरुलाई समेत कदरपत्र हस्तान्तरण गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख आतिथी समेत रहनु भएको कमलामाई नगरपालिकाका उप–प्रमुख मञ्जु देवकोटाले सहकारीहरुले सेयर सदस्यहरुलाई उद्यमी बन्नको लागि विभिन्न स्रोत र कार्यक्रमहरु पनि ल्याउन जरुरी रहेको बताउनुभयो । त्यस्तै धरहरा बचत तथा ऋण सहकारी संस्था लिमेटेड सिन्धुलीका अध्यक्ष हिरा बहादुर मगरले सो अवसरमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
धरहरा बचत तथा ऋण सहकारी संस्था लिमेटेड सिन्धुलीका अध्यक्ष हिरा बहादुर मगरको अध्यक्षता तथा कमलामाई नगरपालिकाका उप–प्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यता उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैँक शाखा सिन्धुलीका शाखा प्रमुख मिनिता पौडेल, कमलामाई नगरपालिका ८ का वडा अध्यक्ष कोमल कुमार श्रेष्ठ, पत्रकार, शेयरसदस्य लगायतको उपस्थिति रहेको थियो ।


