न्यूनतम सेवा मापदण्ड सम्बन्धी मूल्याङ्कन कार्यक्रम सम्पन्न

सिन्धुली/सिन्धुलीमा न्यूनतम सेवा मापदण्ड सम्बन्धी मूल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ ।नागरिकलाई गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्याक्रमको आयोजना गरीएको हो ।

सो कार्याक्रम कमलामाई नगरपालिका स्वास्थ्य शाखाको आयोजना आज बुधबार रानिवास स्वास्थ्य चौकी कमलामाई १४ मा सम्पन्न भएको कमलमाई नगरपालिकाले जानकारी दिएको छ । कमलामाई नगरपालिका वडा नं. १३ र १४ मा रहेका स्वास्थ्य चौकीबाट सो कार्यक्रम प्रदान गरिँदै आइएको थियो ।

कमलामाई नगरपालिका स्वास्थ्य शाखाको आयोजना भएकोे कार्यक्रममा वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मीहरू, वडा सचिव तथा अन्य सरोकारवालाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।उक्त कार्यक्रमले मूल्याङ्कनले सेवा सुधारमा थप सहयोग पुग्ने विश्वास लिएको आयोजकले जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *