सवारी दुर्घटना हुँदा दाजु बहिनी गम्भिर घाइते

सिन्धुली/ सिन्धुलीमा सवारी दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नयव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार दुध लोड भएको ट्याङ्कर र विपरित दिशाबाट आउँदै गरेको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका हुन ।

उहाँको अनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा मोटरसाइकल चालक धनुषाको जनकनन्दनी गाउँपालिका ३ का २४ वर्षीय रोशन साह र पछाडी सवार मोटरसाइकल चालककी बहिनी २० वर्षीय प्रिती साह रहेका रहेका छन् ।घाइते दुबै जनाको तत्काल उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएकोमा अहिले थप उपचारको लागि निजामती अस्पताल मिनभवन रिफर गरिएको छ ।प्रहरीको अनुसार दुई दाजु बहिनीको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको रहेको प्रहरीले जानकारी दिएको छ ।

आज बिहिबार अपराहन्न ४ः२० बजेको समयमा बीपि राजमार्ग अन्तर्गत जिल्लाको कमलामाई नगरपालिका २ पौवागढीमा सिन्धुलीबाट खुर्कोट तर्फ जादै गरेको बा.प्र ०१–००४ क २५९४ नं. को दुध लोड ट्याङ्कर र खुर्कोट बाट सिन्धुली तर्फ आउदै गरेको बा .प्र ०२–०५५ प ९६१६ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटना पश्चात् मोटरसाइकल, ट्याङ्कर र ट्याङ्कर चालक काभ्रेको धुलिखेल नगरपालिका ४ का ५४ वर्षीय नवराज तिमल्सिनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नयव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *