सवारी दुर्घटना हुँदा चार जना घाईते
सिन्धुली/सिन्धुलीमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुलका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार कमलामाई नगरपालिका–२ भोटेस्वरा स्थित पिपलभञ्याङ बस्तीपुर भित्री सडकखण्डमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना घाईते भएका हुन् ।
आज बुधबार साँझ करीब ५ः३० बजेको समयमा बस्तीपुरबाट जाँदै गरेको ज ९ प १९१० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ९ प २१७८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
घाईते हुनेहरुमा ज ९ प २१७८ नम्बरको मोटरसाइकल चालक सिन्धुलीको तिनपाटन गाउँपालिका–५ निवासी वर्ष अन्दाजी ४५ का भक्तबहादुर डिमडुङ रहेका छन् भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।त्यस्तै सोही मोटरसाइकलमा पछाडि सवार सोही पालिकाका वर्ष ३९ का जयबहादुर बम्जन भने मध्यम घाईते भएका छन् ।साथै ज ९ प १९१० नम्बरको मोटरसाइकल चालक सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ घर भएका वर्ष अन्दाजी १९ का विमर्श विश्वकर्मा (कृष्ण) र सोही साधनमा सवार वर्ष ३३ की मुना सुनुवार भने मध्यम घाईते भएका प्रहरीले जानकारी दिएको छ ।
घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ पठाइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।


