सिन्धुलीमा महोत्सव हुँदै,उठेको रकमबाट ५० लाखको विपन्न नागरिकको उपचार कोष स्थापना गरिने
सिन्धुली/“सिन्धुली महोत्सव २०८२ को पहिचान, समुन्नत र सम्वृद्ध सिन्धुनी हाम्रो अभियान”भन्ने मुल नाराको साथ सिन्धुलीमा आउँदो माघको ९ गते देखी १९ गते सम्म सिन्धुली महोत्सव २०८२ संचालन हुने भएको छ ।सिन्धुली उद्योग वाणिज्य संघले आज बुधबार पत्रकार सम्मेलन गर्दे सो महोत्सवको आयोजना गरेको जानकारी दिएको हो ।
जिल्लामा व्यवसायिक प्रवद्र्धन गर्न,नविनतम सम्भावनाको पहिचान गरी लगानीमैत्री वातावरणको सृजना र जिल्लाको धार्मिक तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ११ दिनसम्म महोत्सवको आयोजना गरीएको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सव संचालनका लागि प्रचार–प्रसार, स्टल निर्माण, सांस्कृतिक कार्यक्रम, प्रवद्र्धन तथा प्रशासनिक खर्च गरी कुल ९१ लाख ५५ हजार खर्च हुने अनुमान गरिएको छ । साथै बाल उद्यान, स्टल, टिकट, स्थानीय पास तथा कार्यालय र संस्थाबाट गरी १ करोड १९ लाख ४५ हजार आम्दानी हुने अपेक्षा गरिएको छ । ११ दिनसम्म संचालन हुने उक्त महोत्सवबाट करिब २७ लाख ९० हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।बचत रकम विपन्न नागरिक उपचार कोषमा सहयोग गर्ने तथा संस्थागत विकास र सदस्यहरूको हितमा उपयोग गरिने छ । बचत भएको सो रकम बाट वर्षमा ५० जना विपन्न नागरिकहरु लाई निशुल्क उपचार गरीने सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
साथै उहाँका अनुसार महोत्सवमा प्लास्टिकको प्रयोग पूर्ण रूपमा निषेध गरिनेछ भने सालको पातबाट बनेका दुना–टपरीहरुको मात्र प्रयोग गरिनेछ ।महोत्सव अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम, अन्तरविद्यालय, क्लब तथा समूह नृत्य प्रतियोगिता, रोमान्चकारी सर्कस, पिङ, राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ ।त्यस्तै महोत्सवका मुख्य आकर्षणहरु व्यापार स्थानीय उत्पादन तथा वाह्य सामाग्री, अवलोकन व्यापार मेला, धार्मिक तथा ऐतिहासिक स्थलहरु, बाल उद्यान खेल तथा मनोरन्जन मेला, लोपउन्मुख खेजेडि बजन प्रतियोगिता, रत्यौली प्रतियोगिता,जातिय झाकीं प्रदर्शन, अन्तरविद्यालय नृत्य प्रतियोगिता र ममी आईडलडान्स प्रतियोगिताहरु रहने छन् ।
त्यस्तै महोत्सव अवधिभर प्रदर्शन हुने वस्तुहरु तथा स्टलहरुमा मदिरा तथा सुर्तिजन्य वस्तुहरुको प्रर्दशनी,कृषिमा आधारित बस्तुहरु, हस्तकला, घरेलु उद्यमी सामाग्री तथा दैनिक उपभोग्य सामाग्री,अटोमोवाइल्स, विभिन्न यान्त्रीकरण उपकरणहरु आदि प्रदर्शनी,सुचना तथा ईलेक्टोनिक्स प्रदर्शनी ,जडीबुटी तथा बनपैदावार प्रदर्शनी,व्यापारीक प्रयोजन वस्तु तथा सेवाहरु,सेवा व्यवसाय, सरकारी कार्यालय, शैक्षिक, वित्तिय संस्था एवं अन्य संघ सस्थाहरुका सामाग्रीहरु,रेष्टुरेण्ट तथा होटल र जातिय तथा परम्परा खाना विक्री वितरण,प्रदर्शनयोग्य वस्तुहरु र प्रायोजक तथा सह–प्रयोजक उत्पादित बस्तुहरु रहने छ ।
सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाकोे आयोजना हुने सो महोत्वसमा प्रवेश शुल्क अन्य आगन्तुकका लागि ६० रुपौयाँ,विद्यार्थीहरु तथा एकल महिलाहरुको लागि परिचय पत्र साथमा लिएर आएमा ४० रुपौयाँ लाग्ने छ । साथै पूर्ण अपाङ्ग र जेष्ठ नागरिकका लागि परिचय पत्र साथ लिएर आएमा निशुल्क र उद्योग वाणिज्य संघका सदस्यहरुलाई निशूल्क सदस्यता पासको व्यवस्था गरिएको सिन्धुली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दे जानकारी दिएको हो । ११ दिन सम्म कामलामाई नगरपालिका वडा नम्वर ६ स्थित खम्बे चौरमा संचालन हुने सो महोत्सवमा लगभग २ लाख दर्शकहरु आउने अनुमान गरीएको छ ।


