गोलन्जोरमा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ ।पालिकाले सोमबार एक सुचना जारी गर्दे गोलन्जोर गाउँपालिका खेलकुद बिकास समितिको हिजो सोमबार बसेको बैठकको निर्णय अनुसार माघ ४ गते देखि ६ गते सम्म गोलन्जोर ३ ग्वाल्टारमा उक्त प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो ।

पालिकाको अनुसार प्रतियोगितामा सहभागि हुनको लागि इच्छुक विद्यार्थी खेलाडीहरुले जन्मदर्ता, कक्षा ९ मा अध्यनरत बिद्यार्थीले नौं को समष्टिगत, कक्षा १० मा अध्यनरतले दसको आवेदन, कक्षा ११ मा अध्यनरतले रजिष्ट्रेसन फर्मको समष्टिगत र कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुले अघिल्लो वर्षको समष्टिगत लगायतको कागजातहरु यहि पुष ३० गतेका दिन दिउँसो २ बजेसम्म खेलकुद बिकास समितिको सचिवालयमा पेश गर्नु पर्ने छ ।त्यस्तै खेलकुद बिकास समितिले प्रकाशित गरेको सुचना अनुरुप प्रतियोगितामा १८ वर्षसम्मको उमेर समुह भएका र चालु शैक्षिक सत्रमा माध्यमिक विद्यालयको कक्षा १२ सम्मका बिद्यार्थीहरुले मात्रै सहभागिता जनाउन पाउने उक्त सुचनामा उल्लेख गरीएको छ ।

साथै सहभागी खेलाडीहरुले एक फिल्ड दुइ ट्रयाक वा दुइ फिल्ड एक ट्रयाक बिधामा मात्र सहभागि हुन पाउने सुचनामा उल्लेख गरिएको छ । तीन दिन सम्म गोलन्जोर ३ ग्वाल्टारमा सञ्चालन हुने उक्त पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खेल्ने क्रममा विवाद हुनपुगेमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने आयोजक टिमले जनाकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *