सिन्धुलीमा माई मेला (माघी पर्व) तथा महोत्सव हुँदै

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ८ मा दुई दिने माई मेला (माघी पर्व) तथा महोत्सव संचालन हुने भएको छ ।कमलामाई उद्गम स्थल मन्दिर व्यवस्थापन समितीको आयोजनामा उक्त महोत्सव यहि आउँदो पुषको ३० गते देखि माघको १ गते सम्म कमलामाई जन्मस्थल शिरको मन्दिरमा संचालन हुने भएको हो ।

आयोजकको अनुसार कमलामाई जन्मस्थल शिरको मन्दिरमा संचालन हुने दुई दिने महोत्सवमा महोत्सव अवधिभर रास्ट्रीय कलाकारहरु तथा स्थानिय कलाकारहरुको बेजोड साङ्गितिक प्रस्तुती रहने छ ।

आयोजकको अनुसार सो मेला अवधिभर रिता थापामगर,फुलकुमार बम्जन,भोजराज काफ्ले,प्रिया सारुमगर,दिलिप थापामगर,सुमन परियार ,उर्मिला पुलामी मगर,माया राय र राम सुस्लिङ मगर लगायतका रास्ट्रीय कलाकारहरुको प्रस्तुती रहने छ ।सो महोत्सव कमेडियन दिनेश काफ्लेले संचालन गर्ने छन् । आयोजकले सो महोत्सव अवोलकल गर्नका लागि जिल्ला बासी सबैलाई आग्रह समेत गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *