नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखाले गर्याे मन्दिर परिसर सरसफाइ
निन्धुली /नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखा ढंग्रेवासले सरसफाइ अभियान संचालन गरेको छ ।सो अभियान अन्तरर्गत नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखाको आयोजनामा आज सनिबार कमलामाई नगरपालिका ४ मा रहेको वकेश्वर महादेव मन्दिर परिसर सरसफाइ गरीएको हो ।
आफ्नो टोल क्षेत्रमा सरसफाइ गरि मानव सभ्यताको पहिचान दिन सरसफाइ अभियान संचालन गरेको नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखा ढंग्रेवासका सभापति सन्तोष बोहोराले सिन्धुली खबरलाइ जानकारी दिनुभयो ।त्यस्तै उहाँको अनुसार पवित्र परोपकारी सेवामा तल्लिन सामाजिक सेवा भाव र सेवामूलक ढंगबाट प्रत्येक हप्ताको शनिवार कमलामाई ४ नम्बर वडा भरि क्रमशः सरसफाइ अभियान जारि राखी नागरिकहरुमा सरसफाइ सम्बन्धी जनचेतना जगाउन सरसफाइ अभियान सुरु गरीएको हो ।
सो अभियानमा आज रेडक्रसकर्मी ,स्थानीय समाजसेवी लगायतको उपस्थीती रहेको थियो । नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखा ढंग्रेवासले समय समयमा यस्ता क्रियाकलापहरु गर्दे आईरहेको छ ।

