सरस्वती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा श्रेष्ठ सर्वसमत चयन
सिन्धुली/कमलामई नगरपालिका वडा नं. ५ मा रहेको सरस्वती सामुदायि वन उपभोक्ता समूहको अध्यक्षमा शंखनारायण श्रेष्ठ सर्वसहमत चयन हुनु भएको छ ।
समूहको आज भएको ३० औं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदसीय कार्यसमिति सर्वसहमत निर्वाचित भएको हो । २०५२ सालमा विधिवत रुपमा स्थानपन भएको समूहको नेतृत्व हितला श्रेष्ठले गर्दै आई रहनु भएको थियो ।
समूहको उपाध्यक्षमा सर्मिला श्रेष्ठ, सचिवमा कविता श्रेष्ठ, सह–सचिवमा समिर श्रेष्ठ र कोषाध्यक्षमा उषा श्रेष्ठ सर्वसहमत चयन भएका छन् । समितिको सदस्यहरुमा सीता मोक्तान, चण्डीका थापा मगर, गोमा श्रेष्ठ, लालबहादुर श्रेष्ठ, नरबहादुर श्रेष्ठ र प्रेम श्रेष्ठ रहेका छन् ।

समूहको अध्यक्ष हितलाल श्रेष्ठको अध्यक्षता तथा डिभिजन वन कार्यालय सिन्धुलीका डिभिन वन अधिकृत राम कुमार भण्डारीको प्रमुख आथित्यतामा भएको उद्घोट कार्यक्रम सम्पनन भएको थियो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै डिभिजन वन अधिकृत भण्डारीले सामुदायिक वन उपभोक्ता समूहलाई अझ शक्तिशाली बनाउन आव बन्ने वन ऐनमा निश्चित रकम सम्म विना टेण्डर बन पैदावर विक्रि वितरण गर्न पाने व्यवस्था गर्न पहल गरिरहेको वताउनु भयो ।
उपभोक्तालाई वढी भएको वन पैदावर बाहिर निकासी गर्न निक्कै झन्जटिलो प्रक्रिया भएकोले उत्पादित वन पैदावर सडेर जान अवस्था आएकोले पनि थोरै वन पैदावार विक्रि वितरण समूहले विना टेण्डर कोटेशनबाट नै गर्न सके समूलाई फाईदा पुग्ने र वन पैदावर सहि सदुपयोग हुने डिभिजन वन अधिकृत भण्डारीले वताउनुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बातमती प्रदेश समितिका बरिष्ट उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठ, जिल्ला महासंघका महासचिव सकुन्तला राई, लगायतले शुभकामाना मन्तव्य राख्नु भएको थियो । यस समूहले देशमा नै पहिलो पटक वन पैदावरमा आधारित सामुदायिक सःमिल समेत सञ्चालन गर्दै आई रहेको छ ।

