मौसम अनुकुल भए संगै आईतबारबाट विद्यालयहरु संचालन हुने

सिन्धुली /दुधौली नगरपालिकाले विद्यालयहरु पुन संचालन गर्न आग्रह गरेको छ ।पालिकाले आज सनिबार एक सुचना प्रकाशन गर्दे विद्यालयहरु भोली आईतबारबाट संचालन गर्न आग्रह गरेको हो ।

पालिकाले  गत १६ गते (बुधबार) देखि अत्याधीक मात्रमा जाडो बढे पश्चात बालबालिकाहरु लाई पठनपाठन गर्न अफ्ठारो भई जनस्वास्थ्यमा समेत असर पर्ने भएकाले शैक्षिक सत्र २०८२ को वर्षे बिदाबाट बिदा मिलान हुने गरी अर्को सूचना जारी नभएसम्म नगरभित्रका सम्पूर्ण सामुदायिक तथा सँस्थागत विद्यालयहरुमा  बिदा दिन आग्रह गरेको थियो ।

साथै हाल मौसम अनुकुल भए पश्चात पालिकाले नगरपालिका भित्र रहेका सामुदायिक तथा सँस्थागत विद्यालयहरु आईतबारबाट संचालन गर्न आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *