१३ दिनमा उठ्यो शुशिला बम्जनको शव

सिन्धुली /आज १३ दिन पछी पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको कमलामाई नगरपालिका ४ धुराफाँटका शुशिला बम्जनको शव उठेको छ ।शुशिला लाई गत ६ गते आफ्नै सासु मायाँरानी बम्जन, नन्द मिना लामा र ससुरा दुर्गामान बम्जनले जिउँदै आगो लगाई हत्या गरेका थिए ।

आज शुक्रबार उनको शव माइती र घर परिवारले संयुक्त रुपमा बुझेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकास सुवेदीले जानकारी दिनुभयो ।उहाँको अनुसार माईती परिवारको तर्फबाट मृतकका दाजु भिम बहादुर घिसिङ, भाउजु निर्मला स्याङतान, भाई प्रेम बहादुर घिसिङ र मृतकका देवर वृख बहादुर बम्जनले शव बुझेका हुन ।

शव बुझेपछि परिवारले हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ द्वारखोलामा तामाङ संस्कार अनुसार शुशिलाको अन्त्येष्टि गरीएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *