अझैं घटेन घरमा जन्मने शिशुको संख्या

सिन्धुली/सिन्धुलीमा चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा  घरमा ६५ जना आमाहरुले शिशुहरुलाई जन्म दिन बाध्य भएका छन् ।

जनस्वस्थ्य कार्यालय सिन्धुलीको अनुसार गत वर्ष १२ महिनाको अवधिमा ७१ जनाको मात्र घरमा जन्म भएको थियो । गत वर्षको तुलनामा यस वर्षको ६ महिना बित्न नपाउँदै ६५ जना शिशुको घरमा जन्म भइसकेको छ ।

यस आ.व. को पुषको पहिलो हप्ता सम्ममा ८ सय ५४ जना शिशुको जन्म भएको छ । सो कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार दुई ओटा नगरपालिका र ७ ओटा गाउँपालिकाहरु रहेको जिल्लामा ६ महिनाको अन्तरालमा ८ सय ५४ जना शिशुको जन्म भएको छ ।

जस्मा ७ साय ८९ जनाले अस्पताल र स्वास्थ्य चौकीमा  (बर्थिङ सेन्टर) जन्म दिएका छन् भने घरमा ६५ जना आमाहरुले शिशुहरुलाई जन्म दिन बाध्य भएका छन् ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीका कार्यालय प्रमुख बिमल पटेलको अनुसार(बर्थिङ सेन्टर)अर्थात घरमा जन्म हुने शिशुहरुमा कमलामाईमा ५ जना र दुधौलीमा २० जना रहेका छन् । साथै फिक्कलमा ३, गोलन्जोरमा २, तीनपाटनमा २ ,सुनकोशीमा २ र घ्याङलेखमा ३ जना शिशुको घरमा जन्म भएको छ । साथै मरिणमा १३ र हरिहरपुरगढीमा १४ जना शिशुको घरमा जन्म भएको हो ।माथिको तथ्याङक हेर्दा सबै भन्दा धेरै दुधौली नगरपालिकामा घरमा जन्म हुने शिशुको संख्या उच्च रहेको छ । सो पालिकामा ६ महिनाको अवधिमा २० जनाको जन्म भएको छ । त्यस्तै सबै भन्दा कम तीनपाटन र सुनकोशीमा २ जना शिशुको जन्म भएको छ ।

शिशुहरु लाई घरमानै जन्म दिनुको मुख्य कारण जनचेतनाको कमी हुनसक्ने कार्यालय प्रमुख बिमल पटेलले सिन्धुली खबरलाई बताउनुभयो ।उक्त समस्या कम गर्नको लागि सबैले हातेमालो गर्ने आवश्यकरहेको उहाँले बताउनुभयो ।साथै पटेलको अनुसार कमलामाई नगरपालिकामा पुषको पहिलो हप्ता सम्म अस्पतालमा र स्वास्थ्य चौकीमा गरी २ सय ८१ जना र दुधौली नगरपालिकामा १९० जना शिशुको जन्म भएको छ । यस्तै फिक्कलमा २७ जना ,गोलन्जोरमा २८, तीनपाटनमा ६५,सुनकोशीमा २२ र घ्याङलेखमा १२ जना शिशुको अस्पतालमा र स्वास्थ्य चौकीमा जन्म भएको छ । साथै मरिणमा ७७ र हरिहरपुरगढीमा ८७ जना शिशुको अस्पताल र स्वास्थ्य चौकीमा जन्म भएको छ ।

अस्पतालमा शिशुहरुलाई जन्म दिने आमाहरु प्राय २० वर्ष देखि ३९ उमेर समुहका धेरै हुने गरेका छन् । त्यस्तै गत वर्ष भन्दा यस वर्ष सानो उमेरका महिलाहरु आमा बन्नेको संख्या कम रहेको छ । त्यस्तै सोनो उमेरमा आमा बन्ने महिलाहरु प्रायजसो ग्रामीण क्षेत्रका हुने गरेका छन् ।डाक्टरहरुको अनुसार बच्च जन्माउनु उपयुक्त उमेर २० देखी ३० वर्ष सम्म राम्रो हो । कम उमेरमा सन्तानलाई जन्म दिँदा आफ्नो र बच्चा दुबैको ज्यान खतरा हुने र बच्चा स्वस्थ नहुने गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *