कमलामाईमा मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगिता सुरु, पोखरेलले गरे उद्घाटन
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकामा मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगिता २०८२ को शुक्रबार उद्घाटन गरिएको छ ।प्रतियोगिताको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले आज एक औपचारिक कार्यक्रम बिच उद्घाटन गर्नु भएको हो ।
कमलामाई नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आज बाट सुरु भएको उक्त ‘मेयर तथा उपमेयर कप’ खेलकुद प्रतियोगिता आगामी २१ गते सम्म कमलामाइ नगरपालिका वडा नम्बर ६ खम्बेचौर खेल मैदानमा संचालन हुने छ । प्रतियोगितामा मेयर कप कराते प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, भलिबल,फुटबल र दोस्रो क्रिकेट प्रतियोगिता संचालन हुने छ भने उप–मेयर कप (विद्यालय स्तरीय) भलिबल प्रतियोगिता संचालन हुने छ ।
प्रतियोगिताको प्रथम विजेता टिमले ५० हजार रुपौयाँ नगद सहित ट्रफी र मेडल पुरस्कार पाउनेछन भने दोश्रो हुने टिमले ३० हजार र तेस्रो हुने टिमले १५ हजार नगद सहित मेडल पुरस्कार प्रदान गरीने छ । साथै प्रतियोगितामा कमलामाई नगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालयका वडास्तरिय ८ वटा र विद्यालय स्तरिय १३ वटा टिम प्रतिस्पर्धामा छन् ।


