सिद्धार्थ बैंक सिन्धुलीद्धारा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

सिन्धुली/सिद्धार्थ बैंक सिन्धुली शाखाले जिल्लाको अति दुर्गममा रहेको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।फिक्कल गाउँपालिका वडा नं ६ रत्नावती सोखुखोला स्थित श्री जनजागृती प्राविका ४७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपलव्ध गराइएको हो ।सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिद्धार्थ बैंक शाखा सिन्धुलीले उक्त शैक्षिक सामाग्री वितरण गरेको बैंकका सिन्धुली शाखा प्रमुख कुमार कार्कीले जानकारी दिनुभयो । बैंकले बिद्यार्थीहरुलाई विद्यालय पोशाक, न्यानो कपडा स्विटर, झोला र जुत्ता उपलव्ध गराएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर मगरको अध्यक्षता तथा फिक्कल गाउँपालिकाका पूर्व अध्यक्ष धन बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको औपचारिक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । सिन्धुलीकै एकता साकोसका व्यवस्थापक दिपेन्द्रध्वज बस्नेत र रोट्र्याक्ट क्लव अफ सिन्धुलीगढीका सल्लाहकार सुदर्शन शाहीको सहजिकरणमा शैक्षिक सामाग्री उपलव्ध गराइएको बताइएको छ । सिद्धार्थ बैंकले १ लाख ३० हजार मूल्य बराबरको विद्यालय पोशाक र झोला उपलव्ध गराएको छ । त्यस्तै दिपेन्द्रध्वज बस्नेत र सुदर्शन शाहीले २३ हजार मूल्य बराबरको जुत्ता उपलव्ध गराएका छन् ।

सिद्धार्थ बैंक लिमिटेडका मधेश उपप्रादेशिक कार्यालयका प्रमुख सुर्य प्रसाद शर्मा उपाध्यायको उपस्थितिमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको बैंकका सिन्धुली शाखा प्रमुख कुमार कार्कीले बताउनुभयो । फिक्कल गाउँपालिका वडा नं।६ रत्नावतीका विपन्न, दलित तथा जनजाति समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो । बालबालिकाहरुको शैक्षिक अवस्था सुधार गर्ने र विद्यालय पोशाकको अभावमा बालबालिकाहरुले विद्यालय छोड्न नपरोस् भन्ने हेतुले शैक्षिक सामाग्री उपलव्ध गराइएको बैंकले जनाएको छ । बैंक तथा वित्तिय सँस्थाहरुले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सन्चालन गर्नुपर्ने हुन्छ । तर सवै सँस्थाहरुले यो शिर्षकमा कार्यक्रम गरेको पाइँदैन ।

बैंक तथा वित्तिय संस्थाहरु नाफामा मात्र लक्षित हुन्छन्, समाजप्रति उत्तरदायि हुँदैनन् भन्ने आरोप लागिरहेका बेला सिद्धार्थ बैंक सिन्धुलीले भने उक्त आरोपलाई चिर्न प्रयत्न गरेको छ । त्यसो त जिल्लाका अन्य केहि वित्तिय सँस्थाले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमहरु गरेका हुन्छन् । तर अधिकांस वित्तिय सँस्थाहरुले भने यसलाई अझै पनि नकारिरहेको देखिन्छ । सिद्धार्थ बैंकले विद्यार्थीहरुका लागि गरेको यस्तो सत्कर्म अरुले पनि सिक्न जरुरी देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *