पिकअपले ठक्कर दिँदा एक वृद्धको मृत्यु
सिन्धुली/सिन्धुलीमा पिकअप गाडीले ठक्कर दिँदा एक वृद्ध पैदलयात्रीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नयाव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार मृत्यु हुनेमा पैदलयात्री दुधौली नगरपालिका १ गिजिह्यानीका ६०/६५ वर्षीय मोहन धामी रहेका छन् ।
उहाँको अनुसार आज बुधबार बिहान ७ः३० बजेको समयमा मदन भण्डारी राजमार्ग अन्तर्गत जिल्लाको दुधौली नगरपालिका ४ कमलाखोचमा काठमाण्डौंबाट कटारी तर्फ जांदै गरेको प्र.१–०२–००२ च ५४२५ नम्बरको कुरियर लोड पिकअप गाडीले ठक्कर दिँदा पैदलयात्री धामीको मृत्यु भएको हो ।गाडीको ठक्करबाट टाउको र शरिरको बिभिन्न भागमा चोट लाग्दा धामी गम्भिर घाईते भएका थिए ।
घाइतेलाई तत्काल उद्धार गरि उपचारको लागी स्थानिय कमलाखोच हस्पिटल पठाइएको र सामान्य उपचार पश्चात् थप उपचारको लागि नगर अस्पताल सिर्थौली पठाइएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीको अनुसार आज बिहान ८ः२० बजेको समयमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।हाल ठक्कर दिने पिकअप र चालक झापा सिवसतासी नरपालिका ७ बस्ने २९ वर्षीय अविशेक अधिकारीलाई इलाका प्रहरी कार्यालय डकाहाले नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गरिरहेको


