जाडो बढे पश्चात नगर भित्रका विद्यालयहरु २ दिन बिदा

सिन्धली /आत्याधीक मात्रमा जाडो बढे पश्चात कमलामाई नगरपालीकाले नगर भित्रका विद्यालयहरु लाई २ दिन बिदा दिने भएको छ ।पालिकाले आज बुधबार एक सुचना प्रकाशन गर्दे दुई दिन अर्थात १७ गते देखी १८ गते सम्म बिदा दिने जानकारी दिएको हो ।दुई दिन सम्म पालिका भित्र रहेका सबै सामुदायिक तथा सँस्थागत विद्यालयहरुमा बिदा दिन पालिकाले अनुरोध समेत गरेको छ ।

पालिकाले आत्याधीक मात्रमा जाडो बढे पश्चात बालबालिकाहरु लाई पठनपाठन गर्न अफ्ठारो भई जनस्वास्थ्यमा समेत असर पर्ने भएकाले २०८२ सालको वर्षे बिदाबाट मिलाउने गरी १७ गते बिहिबार र १८ गते शुक्रबार सम्म बिदा दिन सबै पालिकामा रहेको विद्यालहरु लाई आग्रह गरेको छ ।त्यस्तै मौसम अनुकुल भए पछि पूर्वव्त रुपमा विद्यालय संचालन गर्न पालिकाले सबै विद्यालयहरु लाई आग्रह समेत गरेको छ ।

साथै दुधौली नगरपालिकाले भने यस अघिनै शैक्षिक सत्र २०८२ को वर्षे बिदाबाट बिदा मिलान हुने गरी पौष १६ गते (बुधबार) देखि अर्को सूचना जारी नभएसम्म नगरभित्रका सम्पूर्ण विद्यालयहरूमा जाडो बिदा दिई सकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *