गोली लागेको अवस्था घ्याङलेखमा एक युुवक मृत फेला

सिन्धुली /सिन्धुलीको सुनकोशी गाउँपालिकाका एक युुवक गोली लागेको अवस्था घ्याङलेखमा मृत फेला परेकाछन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार जिल्लाको घ्याङलेख गाउँपालिका वडा नम्वर १ पिउरी खोलाको जङ्गलमा सुनकोशी ५ बन्दिपुरका का २२ बर्षिय आशमान तामाङ गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

तामाङ आफ्नो घर भन्दा करिब ३ किलो मिटर दक्षिणमा रहेको घ्याङलेख स्थित पिउरी खोलाको जङ्गलमा उत्तानो परी नाईटो बाट रगत बगी रहेको अवस्थामा मृत फेला  परेका छन् भने तामाङको पेटको भागमा गोली लागेको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

उहाँको अनुसार मृतकको शव नजिक एक थान भरुवा बन्दुक बिच भागमा भाँचिएको अवस्थामा फेला परेको र मृतकले भिरेको झोलामा निलो रङको बिर्को भएको बट्टामा बारुद जस्तो देखिने कालो रङको धुलो, रातो बिर्को भएको बट्टा भित्र बारुद जस्तो फलाम र सिसाको टुक्रा समेत फेला परेको छ ।अहिले मृतको शब पोष्टमार्टमका लागि जिल्ला सिन्धुली अस्पताल ल्याई छ भने सो घट्ना बारे थप अनुसन्धान भई रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *