कमलामाईमा एक व्यक्तिले एक भन्दा बढी सहकारी संस्थामा सदस्यता नपाउने
सिन्धुली/ सिन्धुलीको कमलामाई नगरपालिकाले सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा (५) बमोजिम एकै प्रकूतिको एक व्यक्तिले एक भन्दा बढी सहकारी संस्थामा सदस्यता नपाउने व्यवस्था लागू गर्ने भएको छ ।पालिकाले गत शुक्रबार एक सुचना प्रकाशन गर्दे एक भन्दा बढी सहकारी संस्थाहरुमा सदस्यता नपाउने व्यवस्था लागू गर्न लागेको जानकारी दिएको हो ।
पालिकाको अनुसार सहकारी विभागको पत्रानुसार यो व्यवस्था कार्यान्वयन गर्न सबै सम्बन्धित पक्षहरुलाई अनुरोध गरेको छ । यस कदमले सहकारी संस्थाहरुको शुद्धिकरण र व्यवस्थापनमा सुधार लिने लक्ष्य राखेको पालिकाले जानकारी दिएको छ ।
प्रतिक्रिया


