पाँच महिनामा ६८ ओटा सवारी दुर्घटना,११ जनाको मृत्यु

सिन्धुली /सिन्धुलीमा चालु आर्थीक वर्षको ५ महिनामा सवारी दुर्घटनामा परि ११ जनाको मृत्यु भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको अवधिमा ६८ ओटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो ।

जस्मा मृत्यु हुनेमा ११ जना नै पुरुष रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । उक्त कार्यालयले उपलब्ध गराएको तथ्याङक हेर्दा साउन महिनामा १ जनाको मृत्यु भएको छ भने भदौ महिनामा ३ जनाको मृत्यु भएको छ । त्यस्तै असोज महिनामा १, कार्तिक महिनामा ५ र मंसिर महिनामा १ जना मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख मोहम्मद कलीम अन्जुमले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।

उहाँको अनुसार चालु आर्थिक वर्षको साउन महिनामा १० ओटा सवारी दुर्घटना भएको छ भने भदौ महिनामा १५ ओटा दुर्घटनामा भएको थियो । त्यस्तै असोजमा २० ओटा, कार्तिक महिनामा १३ ओटा र मंसिर महिनामा १० ओटा सवारी दुर्घटना भएको छ । माथिको तथ्याङ्क हेर्दा पाँच महिनाको अवधिमा सबै भन्दा धेरै सवारी दुर्घटना असोजमा महिनामा भएको छ । सो महिनामा २० ओटा सवारी दुर्घटना भएको छ । साथै सबै भन्दा कम साउन महिनामा १० सवारी दुर्घटना भएको छ । उक्त सवारी दुर्घटनामा परी २८ जना गम्भीर घाइते र १२५ जना सामान्य घाइते भएका छन् ।

सवारी दुर्घटनामा परि घाईते हुनेहरुको सङ्ख्या केहिमात्रमा घटे पनि सवारी दुर्घटना भने हाल सम्म पनि नघटेको प्रमुख मोहम्मद कलीम अन्जुमले बताउनुभयो । जिल्लामा तिन ओटा राजमार्गहरु छन् । बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्य पाहाडी राजमार्ग रहेका छन् । जस्मा सबै भन्दा धेरै सवारी दुर्घटना बिपी राजमार्गमा हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख मोहम्मद कलीम अन्जुमले सिन्धुली खबरलाई जानकारी दिनुभयो । दुर्घटना न्युनिकरणको लागि चालकहरुलाई जनचेतनामुलक प्रचारप्रसारमा खटिरहेको उहाँले बताउनुभयो ।सो कार्यालको अनुसार गत वर्ष जिल्लामा १२ महिना अर्थात एक वर्षमा २ सय ५ ओटा सवारी दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *