प्रविधि बढे सँगै राजस्व घट्यो

सिन्धुली/जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चालु आर्थीक वर्षमा ३२ लाख ८ हजार ५ सय २ रुपैयाँ राजस्व संकलन गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका कार्यालय प्रमुख मोहम्मद कलीम अन्जुमको अनुसार चालु आवको ५ महिनामा उक्त कार्यालयले ३२ लाख ८ हजार ५ सय २ रुपैयाँ राजस्व संकलन गरेको हो ।

उहाँको अनुसार यस आवको ५ महिनाको अवधिमा ३ हजार २ सय २ ओटा सवारी साधानहरु कारवाहीमा पर्दा उक्त राजस्व संकलन भएको हो ।कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष राजस्व कम संकलन भएको छ । गत वर्ष जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले १ वर्षको अवधिमा १ करोड १९ लाख ९९ हजार १७ रुपैयाँ राजस्व संकलन गरेको थियो । प्रविधि बढे सँगै राजस्व पनि घट्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका कार्यालय प्रमुख मोहम्मद कलीम अन्जुमले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।

कार्यालयकोे तथ्याङ्क अनुसार चालु आवको साउन महिनामा ८ लाख ५८ हजार ५ सय १ रुपौयाँ राजस्व संकलन गरेको छ भने भदौमा ६ लाख ४० हजार र असोजमा ५ लाख ३७ हजार १ रुपैयाँ राजस्व संकलन भएको छ ।त्यस्तै कार्तिक महिनामा ५ लाख ३१ हजार र मंसिर महिनामा ६ लाख ४२ हजार राजस्व संकलन गरेको छ । माथिको तथ्याङ्क हेर्दा सबै भन्दा धेरै राजस्व साउन महिनामा ८ लाख ५८ हजार ५ सय १ रुपौयाँ संकलन भएको छ भने सबै भन्दा कम कार्तिक महिनामा ५लाख ३१ हजार रुपौयाँ राजस्व संकलन भएको छ ।

कारवाहीमा परेका सवारीधनीहरुले इसेवा र इसेवा प्रयोग नगर्ने व्यक्तिले राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्नुपर्ने नियम छ । कारवाहीमा परेका सवारीधनीले नियम उलङघन गर्दा पहिलो पटक ५०० रुपैयाँ, दोस्रो पटक १ हजार र तेस्रो पटक १ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने नियम रहेको छ । नबुझेर नियम मिच्नेलाई भन्दा सवैकुरा जानकार भएर पनि जानीजानी हेपेर नियम मिच्नेहरुलाई सम्झाउन निकै गार्हो हुने ट्राफिक प्रहरीहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *