नगर स्तरीय प्रतियोगिता संचालन हुँदै

सिन्धुली /“स्वास्थ्यका लगि खेलकुद राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नारको साथ जिल्लामा छटौं नगर स्तरीय प्रतियोगिता संचालन हुने भएको छ ।नगर खेलकुद विकास समिति सिन्धुलीको आयोजना उक्त प्रतियोगिता कमलामाई ६ खुल्ला मंचमा यहि पुष १९ गते देखी २१ गते सम्म संचालन हुने छ ।

सो प्रतियोगितामा मेयर कप कराते प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, भलिबल,फुटबल र दोस्रो क्रिकेट प्रतियोगिता संचालन हुने नगर खेलकुद विकास समिति सिन्धुलले जानकारी दिएको छ ।त्यस्तै नगर खेलकुद विकास समिति सिन्धुलको अनुसार उप–मेयर कप (विद्यालय स्तरीय) भलिबल प्रतियोगिता समेत संचालन हुने छ ।प्रतियोगितामा सहभागि हुनको लागि १५ गते सम्म टिम दर्ता गराउनु पर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *