गाउँपालिका स्तरीय पुरुष फुटबल तथा भलिबल प्रतियोगिता स्थगित

सिन्धुली /सिन्धुलीको घ्याङलेख गाउँपालिकामा गाउँपालिका स्तरीय पुरुष फुटबल तथा भलिबल प्रतियोगिता स्थगित भएको छ ।पालिकाले शुक्रबार एक सुचना प्रकाशन गर्दे खेलकुद विकास समितिको आयोजनामा संचालन हुन लागेको उक्त प्रतियोगिता अर्काे सुचना जारी नभएसम्मको लागि गाउँपालिका स्तरीय पुरुष फुटबल तथा भलिबल प्रतियोगिता स्थगित भएको जानकारी दिएको हो ।

पालिकाको अनुसार उक्त प्रतियोगिता युवाहरुको माग इच्छा चाहना विपरीत संचालन हुन लागेको र केहि खेलकुद विकास समितीका सदस्यहरुले समन्वय र सहकार्य नगरी खेल संचालन गर्न लागेकोले गर्दा थप विवाद सिर्जना हुन सक्ने भने निवेदन परेकाले अर्काे सुचना प्रकाशन नभएसम्मका लागि उक्त गाउँपालिका स्तरीय पुरुष फुटबल तथा भलिबल प्रतियोगिता स्थगित भएको पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *