नेपाल रेडक्रस सोसाइटी शिद्धबाबा उपशाखाको आयोजनामा सडक सरसफाई

सिन्धुली/नेपाल रेडक्रस सोसाइटी शिद्धबाबा उपशाखाको आयोजनामा आज शनिबार सडक सरसफाई गरीएको छ ।आयोजकको अनुसार सरसफाई कमलामाई ४ साङ्वाले लगाएतको आसपासका सडक क्षेत्रहरुमा गरीएको हो ।

दिनप्रतिदिन निरन्तर रुपमा बढ्दै गएको फोहोरजन्य समस्याले गर्दा सडक क्षेत्रको सौन्दर्यतामा मात्र नभई बालबालिकाहरु र सर्वसाधरणहरुलाई समेत निकै असर परिरहेकोले गर्दा आज उक्त सरसफाई गरीएको आयोजकले सिन्धुली खबरलाई जनकारी दिएको छ ।

उक्त सरसफाई नेपाल रेडक्रस सोसाइटी शिद्धबाबा उपशाखाकाका सभापति सन्तोष कुमार बोहोरा, कमलामाई नगरपालिकाका कार्यपालिका सदस्य धन कुमारी श्रेष्ठ, साङ्वाले क्षेत्रमा रहेका समाज सेवीहरु, रेडक्रस उपशाखाकाका पदाधिकारीहरु लगाएत स्थानियहरुको सहभागितामा गरीएको हो । नेपाल रेडक्रस सोसाइटी उपशाखाकाले समय समयमा यस्ता कार्यहरु गर्दे आईरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *