पिकअपको ठक्करबाट एक महिला घाइते

 

सिन्धुली /सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित मालपोत कार्यालय अगाडि सवारी दुर्घटना हुँदा एक महिला घाइते हुनुभएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकास सुवेदीको अनुसार घाइते हुनेमा ७० वर्षीया पार्वती बुढाथोकी रहेका छन् ।आज करिब ४ः४० बजेको समयमा बिएसी ५६७३ नम्बरको पिकअप गाडी ब्याक गर्ने क्रममा सडक छेउको खाली जग्गामा बसिरहेकी ७० वर्षीया पार्वती बुढाथोकीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकी बुढाथोकीको दाहिने हातमा फ्र्याक्चर भएको छ भने टाउकोमा चोट लागेको छ । प्रहरीको अनुसा उहाँको अवस्था मध्यम रहेको छ । उहाँलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ ।

त्यस्तै पिकअप गाडी चालक गोलन्जोर गाउँपालिका–५ निवासी २५ वर्षीय प्रदिप विक लाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारी साधन पनि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *