ट्याक्टर र मोटरसाइकल ठोकिँदा एक जना घाइते
सिन्धुली / सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित मिलनचोकमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार घाइते हुनेमा मोटरसाइकल चालक कमलामाई १ डाँडीगुरासे निवासी ४५ वर्षीय दलबहादुर सार्की रहेका छन् ।
प्रहरीको अनुसार घाइतेको टाउकोमा गहिरो चोट लागेको र अवस्था मध्यम रहेको छ । त्यस्तै घाइते चालकले मदिरा सेवन गरेको खुलेको छ ।आज करिब दिउँसो ३ बजे मदन भण्डारी राजमार्ग अन्तर्गत मिलनचोक–धुरा सडक खण्डमा दुर्घटना भएको हो । मिलनचोकबाट धुरातर्फ आउँदै गरेको ना ५ ख ३४५० नम्बरको ट्याक्टर र विपरीत दिशाबाट सिन्धुली बजारतर्फ जाँदै गरेको बा ३३ प ४२१४ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जानकरी दिएको छ । घाइते लाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ ।
ट्याक्टर चालक कमलामाई नगरपालिका–४ धुराफाट निवासी २४ वर्षीय शंकर श्रेष्ठ रहेका छन् ।त्यस्तै ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरीरहेको छ ।


