अखिल नेपाल महिला संघले जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाइ बुझायो ज्ञापन पत्र

सिन्धुली /अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीले जिल्लामा बढ्दो महिला हिंसाका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आज बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई ज्ञापनपत्र बुझाएको छ ।संघका उपाध्यक्ष तुलशा कार्की लगायत वडा सदस्यहरु, महिला नेतृहरुको सहभागितामा सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीलाइ उक्त ज्ञापनपत्र बुझाइएको हो ।

महिलामाथि हुने हिंसा केवल लैङ्गिक विषय मात्र नभई समाजको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक संरचनामा प्रत्यक्ष प्रभाव पार्ने गम्भीर समस्या भएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाएको हो । नेपाल प्रहरी साइबर ब्यूरोका तथ्यांक उद्धृत गर्दै ज्ञापनमा गत १२ महिनामा देशभर १८ हजार ९ सय २६ साइबर अपराधका घटनाहरू दर्ता भएको उल्लेख गरिएको छ । महिलासम्बन्धी धेरै घटना लज्जा, अस्मिता तथा सामाजिक दबाबका कारण उजुरीसम्म आइपुग्न नसक्ने संघको भनाइ रहेको छ । त्यस्तै स्थानीय तहका महिला जनप्रतिनिधि बढी हिंसाको जोखिममा पर्ने गरेका समेत उक्त ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।

साथै सिन्धुली जिल्लामा समेत महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना भयावह हुँदै गएको संघले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका तथ्यांक अनुसार चालु आर्थिक वर्षमै १० वटा महिला हिंसाका घटना सार्वजनिक भएको र परिवारभित्रकै सदस्यबाट ४ वर्षका बालिकासमेत पीडित हुने घटना सार्वजनिक भएपछि संघले सरकारको विशेष हस्तक्षेप आवश्यक रहेको उक्त ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *