अबैध साल जातको चिरान काठ सहितको गाडी प्रहरीको नियन्त्रणमा

सिन्धुली /जिल्लाको दुधौली नगरपालिका २ बसनिया बोलेनटार बाट आज बुधबार अवैध काठ सहितको गाडी नियन्त्रणमा लिई डिभिजन बन कार्यालय सिन्धुलीमा बुझाइएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय, डकाहा र प्रहरी चौकी हत्पतेबाट खटिएको प्रहरी टोलीले अवैध काठ सहितको गाडी नियन्त्रणमा लिएको हो ।

मदन भण्डारी राजमार्ग बाट लङगुरखोला तर्फ जाने भित्री सडक खण्डमा अबैध चिरान काठ लोड गरिरहेको अवस्थामा मधेश प्रदेश ०४–००१ च ०३५१ नम्बरको योध्दा पिक अप गाडीबाट अन्दाजी ६ फिट लम्बाई र ८ ईन्च चौडाई भएको ३९ थान अबैध साल जातको चिरान काठ सहितको गाडी नियन्त्रणमा लिएको जिल्ला कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुर्य प्रकाश सुवेदीको जानकारी दिनभुयो ।

काठ सहितको गाडीलाई आवश्यक अनुसन्धान पश्चात कानूनी कारवाहीको लागि डिभिजन बन कार्यालय सिन्धुलीमा बुझाइएको सुवेदीको बताउनुभयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *