मोटरसाइकल दुर्घटना चार जना घाइते

सिन्धुली /सिन्धुलीमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।जिल्लाको बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका २ पिपल भन्ज्याङमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीको अनुसार खुर्कोटबाट सिन्धुली तर्फ आउँदै गरेको बा.प्र.०२–०६० प ६३०३ नम्बरको मोटरसाइकललाई सिन्धुली बाट खुर्कोट तर्फ जाँदै गरेको प्र.०३–०२–०१२ प ६३६० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

प्रहरीको अनुसार मोटरसाइकलको ठक्करपछि दुई मोटरसाइकलमा सवार चार जनानै घाइते भएका छन् । घाइते हुनेमा बा.प्र.०२–०६० प ६३०३ नम्बरको मोटरसाइकल चालक सिन्धुली सुनकोसी गाउँपालिका ७ का ४२ वर्षीय लोक बहादुर कार्की र सोही ठेगाना भएका ३८ वर्षीय राम बहादुर कार्की रहेका छन् ।यस्तै बा.प्र.०२–०६० प ६३०३ नम्बरको मोटरसाइकल चालक सर्लाहीको मलंगवा नगरपालिका ६ खुटैना का २२ को अर्मान अलाम मिक्रानि र महोत्तरी सोनमा गाउँपालिका २ का २१ वर्षीय समिर राज यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार अर्मान र समिरलाई थप उपचारको लागि काडमाण्डौ लगिएको छ भने दुई लोक बहादुर कार्की र राम बहादुर कार्कीको सिन्धुली अस्पतालमा उपचार भई रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *