जेनजी आन्दोलनमा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ

सिन्धुली /गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज सोमबार पत्रकार सम्मेलन गर्दे १५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
कार्यालयको अनुसार जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय सिन्धुली, मलपोत कार्यालय र कमलामाई नगरपालिका वडा नम्बर ५ को कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने व्यक्तिहरु लाई पक्राउ गरेको हो । उक्त आन्दोलनको क्रममा सिन्धुलीका सरकारी कार्यालयहरु, राजनीतिक दलका नेताहरुका घर र पार्टी कार्यालयमा भएको तोडफोड तथा आगजनीबाट जिल्लामा लगभग १२ करोड ४६ लाख ८६ हजार ५ रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका १२ घर भई हाल कमलामाई नगरपालिका ६ धुराबजारमा रहेको सुनिल सुज कलेक्सनका संचालक सुदामाजी साहको २० बर्षीय छोरा सुजन साह रहेका छन् । साथै कमलामाई ८ घर भई हाल वडा नम्बर ६ अनामनगर बस्ने नरेन्द्र बहादुर श्रेष्ठका ३६ बर्षीय छोरा मिलन भन्ने रत्न बहादुर श्रेष्ठ, कमलामाई ५ बस्ने मान बहादुर थापा मगरका ४७ बर्षीय फौद थापा मगर, तीनपाटन गाउँपालिका ४ घर भई हाल कनपा ६ मा गौतम फर्मा केयर संचालन गरी बस्ने प्रेम गौतमका ३० बर्षीय छोरा सुजन गौतम रहेका जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

साथै सर्लाहीको रामनगर गाउँपालिका ६ स्थायी घर भई हाल कनपा ६ धुराबजारमा पप्पु किचेन डेकोर भाडा पसल संचालन गरी बस्ने उपेन्द साहका २५ बर्षीय छोरा पपु कुमार साह कमलामाई नगरपालिका वडा नम्बर ५ बस्ने इन्दल चौधरीका २७ बर्षीय छोरा रबन चौधरीलाई पक्राउ गरीएको छ ।त्यस्तै वडा नम्बर १२ बस्ने गणेश बहादुर श्रेष्ठका ३१ बर्षीय छोरा क्षितिज श्रेष्ठ, वडा नम्बर ६ धुराबजार बस्ने संजित साहका २२ बर्षीय छोरा देवनंदन साह, वडा नम्बर ४ बस्ने मोहन बहादुर लामाको २४ बर्षीय छोरा सविन लामा, वडा नम्बर १२ बस्ने कुमार सार्कीको २३ बर्षीय छोरा डोर बहादुर सार्की, वडा नम्बर ८ बस्ने गोविन्द खत्रीका ३४ बर्षीय छोरा ओम बहादुर खत्री रहेका छन् ।

प्रहरीको अजुसार अनुसन्धानको पहिलो चरणमा १५ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई अपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भईरहेको छ । सिसिटिभि फुटेज, सामाजिक सञ्जालमा उपलब्ध सामग्रीहरुको आधारमा प्रहरीले अनुसन्धान जारी राखेको छ । सोहि आधारमा पहिचान भएका १५ जना विरुद्ध पक्राउ पूर्जी जारी गरीएको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *