सिन्धुलमा ट्याक्टर दुर्घटना एक जना घाइते

सिन्धुल/सिन्धुलीको गोलन्जोर गाउँपालिकामा आज सोमबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । गोलन्जोरको खनियाँखर्कबाट निगाले तर्फ गिट्टी बोकेर जादै गरेको ना ५ त ५३९२ नम्बरको ट्याक्टर पल्टिदा सहचालक गोलन्जोर ५ का ५० बर्षिया गोपाल खपांगी मगर घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

उहाँको अनुसार घाईते मगरको दायाँ खुट्टा र हातमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ । जेसिबीको सहायताले प्रहरी चौकी गढीबाट खटिएको प्रहरी टोलीले मगरको उद्धार गरी उपचारको लागि काठमाडौँ लगिएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीेले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *