रुखबाट लडेर एक जना गम्भीर घाइते
सिन्धुली/सिन्धुलीमा रुखबाट लडी एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरि कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सेवेदिको अनुसार घाइते हुनेमा मरिण गाउँपालिका ५ प्युरीका अन्दाजी २८ वर्षीय दिपक राज गोले रहेका छन् ।
उहाँको अनुसार गोलेको चिउडो र टाउकोमा गम्भिर चोट लागेको छ । प्रहरीको अनुसार उनी हिजो साँझ ५ बजेको समयमा रुखको घाँस काट्न गएका थिए।घाँस काटिरहेको बेला गोले लडी गम्भीर घाइते भएका हुन् ।घाइते उनलाई उपचरको लागि जिल्ला अस्पताल सिन्धुली ल्याईएको थियो । जिल्लामा सामान्य उपचार गरे पश्चात थप उपचारको लागि घाइतेलाई अन्नपूर्ण न्युरो काठमाडौँ लागिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया


