जुनार प्रवर्द्धन मेलाको पहिलो दिन सार्वजनिक बिदा
सिन्धुली/जिल्लाको गोलन्जोर गाउँपालिकाले जुनार प्रवर्द्धन मेलाको पहिलो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको मंसिर २१ गते अर्थात् आज आइतबार बसेको बैठकले मंसिर २३ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
पालिकाले आज आइतबार एक सूचना प्रकाशन गर्दे कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न पहिलो दिन अर्थात् २३ गते सार्वजनिक बिदा दिने जानकारी दिएको छ । उक्त दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य तथा शैक्षिक संस्थाहरू, वित्तीय निकायहरू सबै बन्द रहने पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै मेलाको पर्सि मंगलबार बिहान ११ बजे बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडलेलले उद्घाटन गर्नुहुने छ ।
प्रतिक्रिया


