घाँस काट्ने क्रममा लडेर एक वृद्धाको मृत्यु

सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा लडेर एक वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार हरिहरपुरगढी ४ धनमान खोलाका ८० वर्षीया कान्छी माया घिसिङको मृत्यु भएको हो ।

उहाँको अनुसार उनी आज सनिबार बिहान ८ बजेको समयमा घाँस काटिरहेका बेला एक्कासी डिलबाट लडेर गम्भीर घाइते भएकी थिन । घाइते भएकी घिसिङलाई उपचारको लागि काठमाडौँ स्थित ट्रमा सेन्टर अस्पताल लगिएको थियो ।

उपचारको क्रममा उनको आज साँझ ६ बजे चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *