लैङ्गिक हिंसा निवारणका लागि पत्रकारको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम

सिन्धुली/लैङ्गिक हिंसा निवारणका लागि पत्रकारको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम आज सनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

“प्रविधीको सही प्रयोग गरौ लैङ्गिक हिंसा अन्त्य गरौं”भन्ने नाराका साथ सुरु भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरर्गत क्रियाशील महिला पत्रकार शाखा सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिका सिन्धुलीको सहयोगमा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्नुहुँदै कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले महिलामात्र नभई पुरुषसहरु लाई समेत हिंसा हुने भएकाले दुवै पक्षलाई समान रूपमा सम्बोधन गर्नुपर्ने बताउनुभयो । त्यस्तै प्रशिक्षणका रुपमा आउनु भएको राधा चालीसेले हिंसा हुनुको कारण,संचार माध्यमले गर्न सक्ने कामहरु, हिंसा कम गर्ने उपायहरु , लैङ्गिक समानताको अवधारणा र हिंसा अन्त्यमा पत्रकारहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने लगायको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

क्रियाशील महिला पत्रकार शाखा सिन्धुलीका अध्यक्ष राधिका बुढाथोकीको अध्यक्षता तथा नगरका उपप्रमुख मन्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डे, पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा, बालबालिका तथा समाज कल्याण शाखाका प्रतिनिधि सावित्रा देवकोटा रेग्मी लगायत जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रम क्रियाशील महिला पत्रकार शाखा सिन्धुलीका सहसचिव आस्था विश्वकर्माले संचालन गर्नु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *