दुधौली नगरपालिकामा एक वृद्धको दहमा डुबेर मृत्यु
सिन्धुली / सिन्धुलीको दुधौली नगरपालिकामा एक वृद्धको दहमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा भर्ताहीका अन्दाजी ६५ वर्षीय अम्मर बहादुर वि.क रहेका छन् ।
उनको दुधौली नगरपालिका ६ कमलाखोलाको दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुर्य प्रकश सुवेदीले जानकारी दिनुभयो ।
उहाँको अनुुुुसार हिजो (आईतबार) साँझ करिब ५ बजको समयमा उनी माछा मार्न घरबाट निस्किएका थिए । रातिसम्म पनि घर नफर्केपछि आज(सोमबार) बिहानदेखि परिवारका सदस्यहरुले खोजतलास सुरु गरेको थिए । खोजीको क्रममा आज(सोमबार) बिहान साढे ११ बजेको समयमा उनलाई कमलाखोलाको दहमा डुबेको अवस्थामा स्थानीयले मृत फेला परेका हुन ।
उनलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनसाथ प्रहरी चौकी हर्षाहीबाट प्रहरी सहायक निरीक्षक अकिल खड्काको कमाण्डमा टोली खटिगई घटना स्थल सुरक्षित राखेको थियो । सोहीक्रममा इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सपना खड्काको नेतृत्वमा मुचुल्का तथा अनुसन्धानको टोली पुगेर आवश्यक अनुसन्धान सुरु गरेकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुर्य प्रकश सुवेदीले जानकारी दिनुभयो ।


