सिन्धुलीमा समुदायलाई सक्रिय बनाउन र जनचेतना अभिवृद्धि गर्न सरसफाई गरीयो
सिन्धुलीमा > सिन्धुलीमा समुदायलाई सक्रिय बनाउन र जनचेतना अभिवृद्धि गर्नका लागि आज शुक्रबार सरसफाई गरिएको छ ।
रक्तमाला बाल सञ्जालको आयोजना र कमलमाई नगरपालिका वडा नं. ४ को सहजीकरणमा उक्त सरसफाई गरिएको हो ।
कमलमाई नगरपालिका वडा नं. ४ का वडा सचिव रबिन तामाङको अनुसार कमलामाई ४ ढुङ्ग्रेबास आसपास लगायतको क्षेत्रहरुमा उक्त सरसफाई गरिएको हो ।
कमला माध्यामिक विद्यालय ढुङ्ग्रेबास, सिन्धुली पाठशाला ढुङ्ग्रेबास, सिन्धुली बिद्याश्रम अङ्ग्रेजि माध्यामिक विद्यालय दोभानटार र सिन्धुली एकेडेमी बोर्डिङ स्कुल गरी कमलामाई भित्र रहेका ४ वटा विद्यालयहरुका करिब १०० जना भन्दा धेरै विद्यार्थीहरुको सहभागितामा सरसफाई गरीएको वडा सचिव रबिन तामाङले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।
दिनप्रतिदिन निरन्तर रुपमा बढ्दै गएको फोहोरजन्य समस्याले गर्दा विपि राजमार्गको सौन्दर्यतामा मात्र नभई बालबालिका, वृदधवृद्धाहरु र सर्वसाधरणहरु लाई समेत निकै असर परिरहेको उहाँले बताउनुभयो ।


