सिन्धुलीको घ्याङलेख गाउँपालिकामा शिक्षक माथि कुटपीट

सिन्धुली >सिन्धुलीको घ्याङलेख गाउँपालिकामा शिक्षक माथि कुटपीट भएको छ ।
उक्त गाउँपालिकाको वडा नं ५ मा रहेको नेत्रकाली मा.वि. आपडाँडा रामपुरका प्राविधिक धार बालि विज्ञानका शिक्षक धन बहादुर धामी माथी हिजो बुधवार कुटपीट भएको हो ।
आक्रमण गर्नेहरु लाई तत्काल नियन्त्रणमा लिई कडा कार्वाहीको माग गर्दे नेपाल शिक्षक महासंघ स्थानिय कार्यसमिती घ्याङलेखले आज एक बिज्ञप्ति प्रकाशित गरीसकेको छ ।
हिजो बिहिबार साँझ ६ः४५ बजेको समयमा शिक्षक धन बहादुर धामीलाई छेडुप लामाको नेतृत्वमा आएकाको समुहले ज्यान मार्ने उदेश्यका साथ घर घेरी एक्कासी टाउको, हात र खुट्टामा चिर्पट दाउरा प्रयोग गरि पूर्ण रुपमा असक्त बनाएको उक्त बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
त्यस्तै महासंघले निज शिक्षकको शिघ्र स्वास्थ्य लाभको कामना गर्दे उक्त घटना घटाउने लामालाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याई हदै सम्मको कार्वाही गर्न सम्बन्धित निकायमा जोडदार माग गर्दे कारवाहि गर्नमा ढिला सुस्ती भएमा महासंघ जुनसुकै मूल्य चुकाउन तयार रहेको समेत उक्त बिज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *