सिन्धुलीको घ्याङलेख गाउँपालिकामा निशुल्क आँखा शिविर संचालन हुने

सिन्धुली÷सिन्धुलीको घ्याङलेख गाउँपालिका १ मा २ दिने निशुल्क आँखा शिविर संचालन हुने भएको छ ।
गाउँपालिकाले बुधबार एक सुचना प्रकाशन गर्दे मंसिर १२ गते र १३ गते २ दिन निशुल्क आँखा शिविर संचालन हुने जानकारी दिएको हो ।
घ्याङलेख गाउँपालिका, गङ्गा लाल आँखा प्रतिष्ठान र गुड भिजन नेपालको संयुक्त परियोजनामा आयोजना हुन लागेको उक्त शिविर मंसिर १२ गते शुक्रबार सिमले खट्टार चौकीमा र १३ गते सनिबार श्री गणेश आधारभूत विद्यालय, रागेंचौरमा संचालन हुने पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।
शिविरमा सहभागि हुनको लागि मंसिर १२ गतेबाट टिकट वितरण खुला हुने र सिमले खट्टार चौकीमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उपस्थित भई टिकट लिन पालिकाले आग्रह गरेको छ ।साथै बिहान १० बजे देखी ४ बजे सम्म आँख चेकजाँच हुने पालिकाले जानकारी दिएको छ ।
त्यस्तै आँखा सम्बन्धी समस्या भएका सम्पूर्ण स्थानीयवासीलाई शिविरबाट लाभ लिन गाउँपालिकाले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *