मदन भण्डारी राजमार्गमा गाडी दुर्घट्ना ४ जना घाइते

सिन्धुली/सिन्धुलीको मदन भण्डारी राजमार्गमा गाडी दुर्घट्ना हुँदा ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार कमलामाई नगरपालिका १३ माथिल्लो रानिबासमा गाडी दुर्घट्ना हुँदा ४ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीको अनुसार झापाबाट भिमान तर्फ आउँदै गरेको बा १८ च ९८८३ नम्बरको हाईलक्स गाडी आफै अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त गाडी काठमाडौँ महानगरपालिका ९ का ५४ वर्षीय ओम नारायण सिंहले चलाएका थिए।

दुर्घट्नामा परी घाइते हुनेमा काठमाडौँ महानगरपालिका ९ का ५३ बर्षिया लक्ष्मी कार्की, ५६ बर्षिया रिना सिंह, ४५ बर्षिया लक्ष्मी कटुवाल र ४३ बर्षिया लक्ष्मी सिंह रहेका छन् । घाइतेहरूलाई उपचारको लागि जनसेवा अस्पताल बर्दिबास पठाइएको छ । घाइते मध्ये लक्ष्मी सिंहको अवस्था मध्यम र अन्य ३ जनाको अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *