अनेरास्ववियु फिक्कल कमिटीद्वारा कविता प्रतियगितामा विजेतालाई पुरस्कार प्रदान

सिन्धुली/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) फिक्कल गाउँपालिका कमिटीद्वारा आयोजित गाउँपालिका स्तरीय प्रथम खुल्ला कबिता प्रतियोगिता –२०८२ मा बिजेताहरूलाई पुरस्कार प्रदान गरिएको छ ।

आज शनिबार एक कार्यक्रम बीच अनेरास्ववियु फिक्कल गाउँपालिका कमिटिले विजेताहरुलाई पुरस्कार प्रदान गरेको हो । दशैं तिहारको अबसरमा अनलाइन मार्फत सम्पन्न भएको कबिता प्रतियोगितामा २७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

सो प्रतियोगितामा प्रकाशोदय माध्यमिक बिद्यालय खुरहरी, खोलागाउँका अनुस्का लामिछाने प्रथम फिक्कल माध्यमिक बिद्यालय सोल्पाठानाका बिना पहाडी दोस्रो, सुनकोशी माध्यमिक बिधालय सोखुबेसीका मिना बिश्वकर्मा , माध्यमिक बिधालय रातमाटा सालघारीका उषा पहाडी र माध्यमिक बिद्यालय सालुकेका निताजन कार्की तेस्रो हुनु भएको थियो ।

प्रतियोगिताका बिजेता प्रथमलाई २ हजार ५०० रूपैयाँ, द्वितीय हुनेलाई १ हजार ५०० रुपैयाँ र तृतीय हुनेलाई १ हजार रुपैयाँ बराबरका शैक्षिक सामाग्री र प्रमाण पत्र साथै मेडल बितरण गरिएको छ ।
रचनात्मक बिभाग प्रमुख अनेरास्ववियुका शम्भु गौतमको अध्यक्षता एबम अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा अनेरास्ववियु सिन्धुली इन्चार्ज प्रशान्त लुङ्गेली मगरको प्रमुख आतिथ्यतामा पुरस्कार बितरण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *