लोक दोहोरी गीत प्रतिष्ठान सिन्धुलीको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा सुमन आईडु

सिन्धुली/राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति सिन्धुलीको १३ औ बार्षिक साधारण सभा तथा ६ औ‌ं अधिबेशन सम्पन्न भएको छ ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य कृष्ण गौतमको प्रमुख आतिथ्यता तथा प्रतिस्ठान मदेश प्रदेशका अध्यक्ष रुन्द्रसेन बिस्वकर्मा, प्रतिष्ठान बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष बालकुमार मल्ल लगायत विभिन्न सङ्घ संस्था कलाकारहरुको उपस्थितिमा साधरण सभा तथा अधिबेसन सम्पन्न भएको हो ।

प्रतिष्ठान सिन्धुली जिल्ला अध्यक्ष नन्दलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न ६ औं अधिवेशनले सुमन थापा मगर (सुमन आईडु)को अध्यक्षतामा २१ सदसीय नयाँ कार्यसमिति चयन गरेको छ । दुई कार्यकाल सचिबको भुमिकामा रहेर काम गरेका थापामगर कला घर सिन्धुलीका अध्यक्ष समेत हुन् ।

नयाँ नेतृत्वमा क्रमश प्रमथ उपाध्यक्ष पबित्रा रम्तेल, दितिय उपाध्यक्ष डिल्ली काफ्ले, महिला उपाध्यक्ष निरुता मोक्तान, सचिब सन्तोष नेपाली सह–सचिबमा रिता थिङ, र कोषाध्यक्षमा सिद्ध बहादुर बिक र सह–कोषध्यक्षमा अन्जिला श्रेष्ठ चयन भएका छन ।

सदस्यहरुमा श्याम अधिकारी, प्रकाश तामाङ, जीवन थापामगर, सन्चिता थापामगर, सृजना गोले, गङ्गा ठटाल, रुबिना पुलामी , रिता बिक, पारु अस्तानी मगर, विशाल सतसङ्कर, शिव परियार, प्रेम रानामगर , तिलक पहेली निर्बिरोध चयन भएका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *