नन्दलाल श्रेष्ठको लोक दोहोरी गीत ‘मोबाइलको कमाल’ सार्वजनिक

सिन्धुली/सिन्धुलीका गजलकार तथा गीतकार नन्दलाल श्रेष्ठ ‘भाबुक’को नयाँ लोक दोहोरी गीत ‘मोबाइलको कमाल’ शुक्रावर सार्वजनिक भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान सिन्धुलीका अध्यक्ष समेत रहेका श्रेष्ठ र प्रतिभा अर्यालको आवाजमा रहेको उक्त गितको भिडियोलाई सुनाखरी मल्टिमिडिया युटुब च्यानल मार्फत आज शुक्रबार सार्वजनिक भएको हो ।

गायक नन्दलाल श्रेष्ठ स्वयंले लेख्नुभएको गीतको भिडियोलाई शिशिर बुढाथोकीले निर्देशन तथा कारियोग्राफर गर्नु भएको छ, भने लय डिल्ली काफ्लेको रहेको छ । त्यस्तै गीतको एरेन्ज आरके मिलनले गर्नु भएको छ ।

त्यस्तै सो गितको भिडियोमा नन्दलाल श्रेष्ठ, शिशिर बुढाथोकी र गीता ढुङ्गानाको अभिनय रहेको छ ।

लोक दोहोरी गित‘मोबाइलको कमाल’ लाई आधुनिक प्रविधिले ल्याएको सामाजिक प्रभाव र सम्बन्धमा आएको परिवर्तनलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गरिएको छ । साथै भिडियोलाई चाँडै विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिने समेत गायक तथा लेखक नन्दलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

उक्त लोक दोहारी गीत युटुबमा सार्वजनिक हुनुअघि आज शुक्रबार दिउँसो सिन्धुलीमाढीमा प्रिमियर सो समेत गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *